‘दोषी को’ यस्तो छ शिरफुल शिरैमा गीत

कलाखवर संम्वादाता,पौष २६- समाजीक बिषयमा निर्माण गरिएको ‘दोषी को रु’ फिल्मको शिरफूल शिरैमा बोलको गीत सार्वजनिक गरिएको छ । निमा लामा तामाङको निर्देशनमा बनेको फिल्मको सो गीतमा मेलिना राईको स्वर रहेको छ ।निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका छन् । करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको फिल्मको कथा र पटकथा करण आफैले लेखेका हुन् ।

सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले, रबिना थापालगायतका नवकलाकारको अभिनय रहेको फिल्ममा पांच वटा गीत समाबेश छन् । त्यसमध्ये पहिलो गीत स्वरुप शिरफुल शिरैमा सार्वजनीक गरिएको निर्देशक निमाले बताएका छन् ।

‘दोषी को रु’का गीतमा अन्जु पन्त, मेलिना राई, गोपी अधिकारी र सन्तोष सुनामको स्वर छ । गोपि अधिकारी र सन्तोष सुनामको शब्द छ । फिल्मको पहिला बिभिन्न देशमा शो गरेपछि मात्रै नेपालका हलमा प्रदर्शन गरिने जानकारी निर्माता गोपीले दिएका छन् ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...