‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

सच्चा गायिका अडेल

विश्व संगीतमा ग्ल्यामर र चमकधमकको पनि विशेष स्थान छ । संगीतकर्मीहरू आफूलाई आकर्षक देखाउन अनेक हर्कत गरिहिँड्छन् । माइली साइरस, लेडी गागा, निकी मिनाज, जस्टिन बिबरजस्ता गायकगायिकाहरू तालतालका क्रियाकलाप गर्दै आफूलाई अरूभन्दा अलग देखाउन तम्सिन्छन् । यिनै विचित्रका संगीतकर्मीहरूमाझ सन् २००८ मा अडेल एडकन्स भन्ने नाम सुन्नमा आयो । बेलायतकी यी गायिका अरूले जस्तो नानाभाँती गरेर चर्चामा आएकी थिइनन् । ‘चेजिङ पेभमेन्ट…’, ‘कोल्ड सोल्जर…’ जस्ता गीतले अडेललाई ख्याति दिलाए । रूपरङ र तडकभडकको सट्टा उनले गायनमार्फत दर्शक–श्रोताको मन जितेकी थिइन् ।

त्यसयताका दिनमा ‘लेट द स्काइफल…’, ‘रोलिङ इन द डिप…’, ‘समवान लाइक यु…’, ‘हेलो इट्स मी…’ जस्ता स्तरीय गीत बाहिर ल्याइसकेकी छन् । स्लिम एन्ड ट्रिम जीउ–ज्यानको जमानामा उनले आफूलाई मोटीको मोटी नै राखेकी छन् । गीतमा असभ्य शब्द प्रयोग गर्दिनन् । सन् २०११ मा ओस्कार अवार्ड जितेकी उनलाई ‘सच्चा गायिका’ को रूपमा सम्मान गरिन्छ ।
अडेलको वास्तविक नाम अडेल अउरी ब्लु एडकन्स हो । एकल आमाकी सन्तान उनी स्पाइस गर्ल र इला फिट्जराल्डका गीत सुन्दै हुर्किएकी थिइन् । उनको खानदानमा कोही पनि संगीत पृष्ठभूमिका छैनन् । सन् १९८८ मा जन्मिएकी उनले १६ वर्षको छँदा ‘होमटाउन ग्लोरी…’ बोलको गीत लेखेकी थिइन् । यसलाई धेरैले मन पराए । फोर्ब म्यागाजिनले निकालेको सूचीमा उनी सन् २०१२ मा सबैभन्दा बढी पारिश्रमिक दिइने सेलिब्रिटीको छैटौं नम्बरमा परेकी थिइन् । अडेलका नाममा तीनवटा विश्व कीर्तिमानी दर्ता भएका छन् । लिओना लिवास र जेसी जे उनका स्कुलका साथी थिए । दुवै अहिलेका चर्चित गायिका हुन् ।

एक छोराकी आमा, अडेल हप्तामा पाँचवटा फिल्म अनिवार्य हेर्छिन् । बरु, आफ्नै गीत त्यति सुन्दिनन् । उनी किटाणुदेखि औधि डराउँछिन् । रुघाखोकी लागेका मान्छेसँग हात मिलाउन मान्दिनन् । किटाणु सर्ला भन्ने ठूलो पीर पर्छ रे । घाँटी दुखेका बेला उनी गाउन सक्दिनन् । पाककलामा उनको राम्रो दक्षता छ । गीत गाउनतिर नलागेको भए आफू म्युजिक टिचर भएर जिन्दगी कटाइरहेको हुने उनी बताउँछिन् । शिक्षणलाई उनी महत्त्वपूर्ण पेसामा मान्छिन् र कुनै दिन गायन छोड्नुपरे शिक्षणतिरै लाग्ने उनको सोचाइ छ । पति सिमोन कोनेकीलाई समेत आफ्नै नामले ख्याति दिलाएकी अडेलले छोराको नाम भने लामो समय गोप्य राखेकी थिइन् । एन्जेलो लेखिएको नेकलेस लाएपछि मात्रै उनको छोराको नाम अरूले थाहा पाए ।

उनले पछिल्लोपटक निकालेको ‘हेलो…’ गीत औधि लोकप्रिय भयो । कोरियन गायक साइको ‘गङनम स्टायल…’ ले युटयुबमा १ सय ५८ दिनमा हासिल गरेको भ्युज ‘हेलो…’ले ८७ दिनमै प्राप्त गरेको थियो । आइटयुन्स सिंगल चार्टमा यो सिधै नम्बर एकमा पुगेको थियो । अडेलले चार महिना लगाएर ‘हेलो…’ को शब्द रचना गरेकी थिइन् ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...