Logo

कालो बिकिनीमा खुलेकी ऋचा


ऋचा चड्डा बलिउडका प्रतिभाशाली अभिनेत्रीमा गनिन्छिन् । फिल्म समीक्षकबाट उनको अभिनयको खूब तारिफ हुन्छ । ‘ग्यांग्ज अफ वासेपुर’ र ‘मसान’मा उनको सशक्त अभिनय हेर्न पाइन्छ । हालै ऋचाले ब्ल्याक स्विमस्विट लगाएर स्विमिङ पुलमा फोटोसुट गराएकी छिन् । उनी कालो बिकिनीमा असाध्यै खुलेकी छिन् । सेक्सी र बोल्ड देखिएकी छिन् । उनले आफ्ना सेक्सी र हट तस्बिर इन्स्टाग्राममा साझा गरेकी छिन् ।
उनी अभिनीत फिल्म ‘क्याबरे’ जुन १७ मा रिलिज हुँदैछ । उनी यस फिल्मकी निर्माता पनि हुन् । फिल्म अभिनेत्री तथा नृत्यांगना हेलेनको जिन्दगीमा आधारित भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्