Logo

कुलुङले ल्याए नयाँ म्यूजिक भिडियो


हाँस्यब्याङ्ग्य तथा लोक गायक मन बहादुर कुलुङले एकै साथ दुईवटा म्युजिक भिडियो बजारमा ल्याएका छन् । सोलुखुम्बु जिल्लाको छेस्काम गा.वि.स.मा जन्मेका कुलुङले सानै उमेर देखि नै गायन क्षेत्रमा लाग्ने सुनौलो सपना बुनेका थिए ।अन्त तः उनि २०६६ मा राजधानी छिरे लगतै गीत रेकड गर्न थाले ।

विभिन्न कार्यक्रमहरुमा अवसर पनि पाए । सुरुका दिनमा अरुको ट्रय्राकमा गीत गाएर कार्यक्रममा आफ्नो प्रस्तुति देखाएका थिए । तिनै कुलुङ आज आफ्नै थुप्रै गीत रेकड गरेर म्युजिक भिडियो समेत ल्याउन सफल भएका छन् । सिन्धुपाल्चोक जिल्लाको भोटेचौर स्थीत भर्खरै मात्र सानो इलाम चिया बगानमा छायाँङ्कन गरिएको ‘माथिमा परयो कोङदे है हिमाल तलमा लुक्ला गाउँ’ तथा सातदोबाटो स्थित सिलौटे रिर्सटमा छाँयाङ्कन गरिएको ‘‘हरेक दिन पश्चिम पारी” बोलको दुईवटा गीतको म्यूजिक भिडियो उनले बजारमा ल्याएका छन् ।
सो म्युजिक भिडियोमा जिवन लामा, सबिना श्र्रेष्ठ, गोकुल रोक्का, सञ्जु कार्की, छिरिङ डोमा शेर्पा, अनिता श्र्रेष्ठ जस्ता चर्चित कलाकारहरुले अभिनय गरेका छन ।दुईवटै गीतमा युवा युवायुवतीहरु बीचको आपसी पे्रम तथा प्रकृति प्रतिको मोह, एवम् आफु जन्मेहुर्केको गाउ ठाउँ प्रतिको माया जहाँ गए पनि सम्झना आईरहने भाव यस गीतमा समेटिएको निर्माता सञ्चारकर्मी राजकुमार राईले बताएका छन् । नेता तथा कलाकारहरुको हुबहँु अभिनय गरेर दर्शकको मनलाई जित्दै गाउँ देखि शहर सम्म पुगेका कुुलुङ रङ्गकर्मी पनि हुन् । उनले ‘वियोग’ नामक वियोगान्त नाटक समेत आफैले लेखेर गाउँदेखि शहरका विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति देखाएर हजारौँ दर्शकको मनलाई खिच्न भ्याईसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्