Logo

गायक नविन पौडेल सम्मानित


काठमाडौं- गायक नविन पौडेल नुर गंगा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोक संगितमा योग्दान पुर्‍याएका पौडेल तीस हजार नदगसहित सम्मानित भएका हुन्।

उनलाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ताम्रपत्र र नगदले सम्मान गरेका हुन्। उनी विगत दुई दशकदेखि नेपाली लोक संगीतमा सक्रिय छन्।

समाजका कूरीति बिसंगतिका घटना र यर्थाथपरक कुरालाई उनले आफ्नो गीत संगीतमा समेट्ने गर्छन्। जसका कारण उनी यो क्षेत्रमा जमेका छन्।

प्रतिक्रिया दिनुहोस्