Logo

गायक राजु मगरको पहिलो गीत जब देखि बजारमा


Raju Magar गायक राजु मगरको पहिलो गीत जब देखि चम्कियो त्यो मुहार बोलको नया म्यूजिक भिडियो म्यूजिक नेपालले बजारमा ल्याएको छ । यस गीतमा भिम बि सी को शब्द तथा संगीत रहेको छ भने आशिस अविरलको संगीत संयोजन रहेको छ गीतको भिडियो बिशाल भण्डारीको निर्देशनमा तयार भएको छ । केकी अधिकारी र नीराजन प्रधानको अभिनय रहेको यस म्यूजिक भिडियोलाइ अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

 

 

 

बाल्यकाल देखि नै गीत संगीतमा अत्यन्तै रुची राख्ने गायक राजु यस भन्दा अगाडी नै श्रोतामाझ गीत पस्कन रुचीकर भएपनि उनलाई गीतको सबै काम सम्पन्न गरी सार्वजनिक गर्ने समय भने यो पटक जुरेको हो । गीतको भिडियो छायांकन पूरा भए लगत्तै चीन तर्फ लागेका उनी हाल कामको सिलसलामा चीनमै छन् ।

 

 

यो गीत आफ्नो पहिलो प्रस्तुती भएकोले म्यूजिक भिडियोको सम्बन्धमा सल्लाह सुझाव तथा प्रतिक्रिया प्राप्त भएमा आफूले त्यस अमुल्य सूझावको उच्च मूल्यांकन एवं आत्मसाथ गर्ने र यसबाट आफूलाई थप हौशला मिल्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्