Logo

चेतन कार्कीलाई तीन लाखसहित अभिनन्दन


काठमाडौं । वरिष्ठ कलाकार एवं संस्कृतिविद् चेतन कार्कीलाई मंगलबार ललितपुरमा सम्मान गरिएको छ ।

‘शुभारम्भ द म्युजिकल जर्नी’ नामक संस्थाले कार्कीलाई तीन लाख रुपैयाँसहित सम्मान गरेको हो ।

शताब्दीपुरुष सत्यमोहन जोशीले दोसल्ला ओढाइ अभिनन्दन गरेका थिए ।

सो अवसरमा कार्यक्रमका संयोजक प्रकाश सायमीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा महत्वपूर्ण योगदान गरेकाले कार्कीलाई सम्मान गरिएको बताए ।

कार्यक्रममा नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका हस्तीहरुले सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्