Logo

‘डमरुको डण्डीबियो’को पहिलो गीत रिलिज (भिडियो)


कलाखवर संवादाता चैत २-  खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तितेपाते तितेपाते झ्याप झ्याप’ बोलको गीत शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र सङ्गीत, एकतारे, हर्क साउद र कालीको शब्द रहेको छ ।

रिलिज भएको गीतमा चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, बुद्धि तामाङ, आशान्त शर्मा, मेनुका प्रधान, अनुप बराल, लक्ष्मी बर्देवा, इंगि होपू कोइंच सुनवार फिचरिङ छन् । चलचित्र ‘डमरुको डण्डीबियो’लाई छेतन गुरुङले निर्देशन गरेका हुन् । उनले यसअघि ‘नोभेम्बर रेन, क्यासिक, डायरी’का कथा लेखेका छन् ।

चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको कथा रहेको छ । चलचित्रमा डण्डीबियो खेलको उत्थान गर्न एक युवाले बोकेको सपनालाई देखाइएको छ । समृद्धि इन्टरटेनमेन्टको ब्यानरबाट निर्माण भएको चलचित्रमा नोर्बु छिरिङ घले र विनोद गुरुङको लगानी रहेको छ । चलचित्रमा हरि हुमागाईको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्