Logo

परम्परागत लोकनृत्य गोष्ठी


पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा लोकनृत्य गोष्ठी सम्पन्न भएको छ । नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा एकै स्थानमा हिमाल, पहाड र तराईका लोकनृत्यहरू प्रस्तुत गरिएको जनाइएको छ । कार्यक्रममा संखुवासभाका कलाकारहरूले हिमाल, पहाड र तराईमा बसोबास गर्ने आदिवासी–जनजाति समुदायका परम्परागत लोकनृत्यहरू देखाइएको प्रतिष्ठानका प्राज्ञ माधव प्रधानले जनाए ।

उनका अनुसार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले ‘हिमाल, पहाड र तराईका आदिवासी, जनजातिका परम्परागत लोकनृत्यहरू देशको अमूल्य सम्पदा भएकोले तिनको जर्गेना गर्न सबै लाग्नुपर्ने’ धारणा राखे । हिमाल, पहाड तथा तराईमा बसोबास गर्ने सबै जातजातिका मौलिक र परम्परागत लोकनृत्य, नाटय र संगीतको सम्वद्र्धनका लागि प्रतिष्ठानले दीर्घकालीन योजना बनाएर काम गरिरहेको प्राज्ञ प्रधानले दाबी गरे । कार्यक्रममा लोकसंस्कृति अन्वेषक ताराबहादुर बुढाथोकीले संखुवासभामा प्रचलित आदिवासी, जनजातिका परम्परागत लोकनृत्यबारे कार्यपत्रसमेत प्रस्तुत गरेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्