Logo

राखीलाई पोर्न फिल्ममा जान सुझाब


बलिउड आइटम गर्ल राखी सावन्तले हालै फोटो सेसन गराइन् । ती फोटा उनले इन्ट्राग्राममा सेयर गरिन् । फोटामा उनी निकै उत्तेजक रूपमा प्रस्तुत भएकी छिन् । उनको ती फोटाप्रति सर्वसाधरणले निकै तुच्छ प्रतिक्रिया व्यक्त गरेका छन् ।

राखीका तालतालका फोटाप्रति सोसियल मिडियामा हंगामा मच्चिएको छ । कतिपयले उनलाई पोर्न फिल्म उद्योगमा किन जादिनौ ? भनेरसमेत कमेन्ट गरेका छन् । केहीले भने राखीले फेसनमा पिएचडी नै गरेको पनि भन्दै फुक्र्याएका पनि छन् । एकजनाले पुराना पुराना फोटा हाल्दैमा जवानी फर्केर आउँदैन भन्ने कमेन्ट लेखेका छन् ।

अर्का एकजनाले राखीलाई इन्डियाकी पामेला एडरसन भनेका छन् । देशको संस्कृति किन बिगारेको ? भन्नेहरू पनि छन् । कतिपयले भने निकै अश्लील शब्दमा राखीलाई गाली गरेका छन् । राखीले मंगलबार फोटा पोस्ट गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्