Logo

‘समृद्धिको बाटो’ विमाेचन


काठमाडौः केशव श्रेष्ठद्वारा लिखित ‘समृद्धिको बाटो’ नामक पुस्तकको शनिबार विमोचन भएको छ। पुस्तक विमोचन गर्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संमृद्वि हासिल गर्न उद्यमशीलतामा जानुको विकल्प नभएको बताए । ‘राजनीतिक एजेण्डा सकिएकाले देशलाई समृद्धितर्फ डोर्‍याउन सबै उत्पादनतर्फ केन्द्रीत हुनुपर्छ।’ उनले भने ।
उनले देशलाई समृद्धि बनाउनका लागि राज्य संयन्त्र र कर्मचारीलाई परिचालन गर्नुपर्ने बताउँदै मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै एकमत हुनुपर्ने उनले धारणा राखे । उद्यमशीलताको विकासबाट मात्र देशलाई समृद्धिको बाटोमा लैजान सकिने उनले विश्वास व्यक्त गरे । ‘अब सबैले उद्यशीलता कार्यक्रम ल्याउनुपर्छ, अनिमात्र देश विकास संभव छ’ उनले भने ।
कार्यक्रममा अर्थविद् डा अधिकारीले पुस्तकप्रति समीक्षा गर्दै नयाँ पुस्तालाई देशको आर्थिक समृद्धि हाशिल गर्न सबैले चासो देखाउनुपर्ने बताए । आर्थिक क्रियाकलापमा सबै केन्द्रस्त हुनुपर्ने उनको भनाई थियो।
आर्थिक पत्रकार समाज अध्यक्ष गोकर्ण अवस्थीले पुस्तकमा लेखकले रोचक ढङ्गबाट मुलुकको आर्थिक पक्षलाई केलाएको र यसले आर्थिक क्षेत्रमा लाग्ने जोकोहीलाई उत्प्रेरणा बन्न सक्ने बताए ।पत्रकार कुवेर चालिसे र नेपाल-भारत संयुक्त पत्रकार समाजका अध्यक्ष पूर्णलाल चुकेले पुस्तकले नेपालीलाई उद्यमशीलता बनाउन उत्प्रेरणा दिने बताए ।
पुस्तकका लेखक केशव श्रेष्ठले देशका विभिन्न ठाउँमा जाँदा आफूले देखे भोगेका कुरालाई आर्थिक पक्षबाट उतारेको बताए । उक्त पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गरेको हो । पुस्तकमा विभिन्न आर्थिक गतिविधिलाई केन्द्रित गरी २० वटा लेख समावेश गरिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्