Logo

‘सुपर गोर्खे’को ट्रेलर रिलिज (भिडियो)


कलाखवर संवादाता चैत २- बैशाख ७ गतेदेखी प्रदर्शनमा आउने चलचित्र ‘सुपर गोर्खे’को  ट्रेलर सार्वजनिक भएको छ । नायिका ऋचा सिंह ठकुरीको निर्माण तथा अभिनय रहेको चलचित्रको ट्रेलरमा कमेडी संवाद र द्धन्द्धका दृश्यहरु समावेश छन् । चलचित्रलाई राज थापाले निर्देशन गरेका हुन् ।

अबिर हाउस प्रा. लिको प्रस्तुती रहेको सुपर गोर्खे मा ऋचा सहित सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । किरण माइकलको लेखन रहेको चलचित्रमा चन्द्र पन्तको द्धन्द्धन निर्देशन छ । विवाह पछि ऋचा चलचित्र निर्माणमा फर्किएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्