Logo

स्टेजमा हट श्रृजना, बढ्दैछ शोमा क्रेज


यतिबेला नेपालका थुप्रै गायक तथा गायिकाको व्यस्तता स्टेजमा छ । एल्बम वा म्यूजिक भिडियो बनाएर कमाई खासै नभएपनि त्यही गीत स्टेजमा गाएर उनीहरुले राम्रै आम्दानी गरिरहेका छन् ।

गायिका श्रृजना खत्री ‘हाउडेमाया’ पनि अहिले स्टेज शोमा व्यस्त देखिएकी छिन् । आइतबार मात्र पूर्वमा आयोजना भएको एक कार्यक्रममा उनले आफ्ना धमकेदार प्रस्तुती दिइन् । मोरङको पथरी महोत्सवमा पुगेकी श्रृजनाले राती ८ बजेबाट दर्शकलाई आफ्नो गीतमा झुमाएकी थिइन् । उनले करिब आधा दर्जन गीत गाइन् ।

‘हाउडेमाया, सिरमा सिन्दुर’ लगायतका आधा दर्जन गीत गाएको श्रृजनाले बताइन् । पश्चिमका विभिन्न महोत्सवमा दर्शकको साथ पाएर उत्साहित बनेकी यी गायिकाले पूर्वका दर्शकले पनि माया दिएपछि आफू हौसिएको बताएकी छिन् । चाडै नै र्‍याप गीत सहित बजारमा आउन लागेको उनको भनाई छ ।

श्रृजनाले भनिन्-‘अहिले देश तथा विदेशका विभिन्न शोबाट निम्तो आइरहेको छ । लामो समयदेखि गरेको मिहिनेतलाई दर्शकले चिन्न थाल्दा खुशी लाग्नु स्वभाविक नै हो ।’ उनी चाडै नै मलेसियामा आयोजना हुन लागेको एक सांकृतिक कार्यक्रममा सहभागी हुन त्यता जाँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्