Logo

हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठानले विशेष सास्कृतिक कार्यक्रम गर्ने


काठमाडौं ५ असोज । हाम्रो भाका हाम्रो संस्कृति प्रतिष्ठानल नेपालले भोली दसै विशेष बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ । कार्यवहाक प्रधानमन्त्री विजयकुमार गच्छदारको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिने हाम्रो भाका हाम्रो लोक सस्कृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रत्न पुलामी मगरले बताए । त्यसैगरी कार्यक्रममा सास्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री मुमित्रा थरुनीको विशेष उपस्थिति रहने अध्यक्ष पुलामीले बताए ।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सभ्य र भव्यरुपमा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा पूर्ण मनोरञ्जनका साथ कार्यक्रम सञ्चालन गरिने संस्थाका महासचिव कृष्ण रानाभाटले बताए । रानाभाटका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित चर्चित कलाकाहरुको सहभागीता रहने छ ।

प्रतिक्रिया दिनुहोस्