Logo

माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते


काठमाडौँ, ५, पुस, सुनिता राई । आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते हुनुभएको छ ।

बिहान पौने ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्ने सीता अधिकारी गम्भीर घाइते हुनुभएको हो ।

घाइते अधिकारीको उपचारका लागि नर्भिक अस्पताल थापाथली लगिएको छ । दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्