Logo

सात वर्षीय वालक चम्किलो तारा बनेर उदाए


काठमाण्डौ,५–पौष, राजकुमार राई । कला र गला भन्ने कुरा वास्तबमा कहिल्यै उमेरले छेक्दैन । सात बर्षका बालकले समेत सुमधुर भाका गुन्गुनाउदै आफ्नो प्रतिभा देखाउन भ्याए । ती कुशल वालकलाकार हुन् सवि साजन राई ।

इन्द्र बुढाठोकीको शब्द रचना रहेको गीतमा,के.बी. भण्डारीले एरेन्ज गरेका छन् भने , एक कुशल संगीतकार तथा गायक सनम पुरुषले संगीत संयोजन गरेका छन् । लोक प्रीय गायक सन्तोष थुलुङ राईको आवाज रहेको गीतमा, नव वालगायक सवि साजन राईले गाएका हुन् ।

सो गीतमा जीवनको यथार्थ भोगाई एवम् युगल जोडीबीचको माया पे्रम समिटिएका छन् । परिवर्तनशील समयको माग सँगै अब कालाकारको जन्म दुधे वालक देखिनै हुन थालेको छ ।

यो सुन्दा अचम्म त मान्नु पर्दैन तर,यस्तो कल्कलाउदो र सबैभन्दा कान्छो उमेरमा निकै मार्मीक भाका गाएर सवि साजन राईले भने आम जनमानसलाई अचम्बित नै तुल्याए । बढ्दो उमेर र संगीतको सुरताल बुझ्दै गएपछि अब यो वाल गायकले कस्तो चमत्कार ल्याउला त्यो भने हेर्न वाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्