Logo

आना बनिन् मिसेस नेपाल टुरिजम


 

कलाखवर संम्वादाता,पौष २५-नयाँ बानेश्वर काठमाडौंकी आना आचार्यले मिसेस नेपाल टुरिजमको उपाधि चुमेकी छिन् । स्टार वन इन्टरटेनमेन्टले सोमबार राजधानीको एकै मञ्चमा आयोजना गरेको बिबाहित र अबिबाहित महिला सहभागी रहने दुई सौदर्य प्रतियोगिता मिसेस नेपाल टुरिजम र मिस टिन टुरिजममा आनाले मिसेज तर्फको उपाधि चुमेकी हुन् ।

काठमाडौं मेडिकल कलेजकी डाक्टर तथा फार्माकोलोजीको लेक्चर्र रहेकी उनले बेष्ट स्किन उपाधि समेत हात पारेकी छन् । प्रतियोगीतामा रेडियो नेपालकी सञ्चारकर्मी सन्तु श्रेष्ठ फस्ट रनर्सअप र बेष्ट पर्फमर, कुसुन्तिकी अनिका दाहाल सेकेन्ड रनर्सअप र बेष्ट स्पिच तथा छाउनि अस्पतालकी चिकित्सक रहेकी सामाखुसिकी राधिका सापकोटा थर्ड रनर्सअप र मस्ट ट्यालेन्ट पेशा घोषित भए ।

त्यस्तै, प्रतियोगिता मिस टिन टुरिजम भने विशालनगरी रसि सुबेदीले चुमेकी छिन् । उनी मिस क्याटवाक र ब्युटी वीथ प्रपोज विजेता समेत भएकी छिन् । सुर्यविनायककी सम्बीदा ओझा फष्ट रनर्सअप, बालाजुकी रमीना बिष्ट सेकेन्ड रनर्सअप, बालुवटारकी प्रशंसा पौडेल थर्ड रनर्सअप र बेष्ट स्कीन चुनिएको प्रतियोगितामा मिस नेपाल उशा खड्गी, गायक आनन्द कार्की, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, नायक गजित बिष्ट, समाजसेवी बसन्त कुवंवर, नेपाल आयल निगमका पूर्वनिर्देशक सिताराम पोखरेल तथा शिक्षक एवं संगितकार सरोज प्याकुरेल निर्णायक रहेका थिए ।

कार्यक्रममा गायक आनन्द कार्की र निजन श्रेष्ठले गीत संगीत प्रस्तुत गरेका थिए भने गजित बिष्टले नृत्य देखाउन भ्याए ।

प्रतिक्रिया दिनुहोस्