Logo

चलचित्र ‘निर्जला’ को छायांकन सकियो


कलाखवर संम्वादाता,पौष २५- राजु गिरीको निर्देशन रहेको चलचित्र ‘निर्जला’ को छायांकन सकिएको छ । शुक्रबार भक्तपुरको घ्याम्पे डाँडामा चलचित्रको दशैंको छायाँकनसँगै चलचित्र सकिएको हो ।

दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत रहेको यो गीतमा सुजता बर्मा र बाबुलले नै स्वर दिएका छन् । गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा लगायतले अभिनय गरेका हुन् । गीतको नृत्य निर्देशक कमल राईले गरेका छन् । प्रकाश चन्द्र न्यौपाने निर्मित चलचित्र रलिज मिति २०७५ बिजया दशमी भनिएको छ ।

अभिनेत्री शुभेच्छाकै कथा तथा संवाद रहेको चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय रहेको छ । सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’मा अशोक खड्काको द्धन्द तथा रवि कोइरालाको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्