Logo

‘ब्लाइन्ड रक्स’ को गीत ‘उड्यो मन….’ रिलिज


कलाखवर संम्वादाता,पौष २७- चलचित्र ‘ब्लाइन्ड रक्स’ प्रदर्शनका लागि तयार भएको छ । बायोपिक ड्रामाले बिहीबार गीत रिलिज गरेको छ । गीतमा बेनिशा हमाल फिचर छिन् ।

हरि लम्सालद्धारा संगीतबद्ध गीतमा बानिका प्रधानको स्वर छ । नरेश भट्टराईको शब्द छ । निर्देशक मिलन चाम्सले दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन समेटिएको बायोपिक निर्माण गरेका हुन् ।

चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको मुख्य भूमिका छ । हमालले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् ।लन्डनमा प्रदर्शनपछि निकेश लिम्बुले निर्माण गरेको चलचित्र फागुन १८ गतेबाट नेपालमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्