Logo

“प्रदेशीको जिन्दगी” नयाँ फिल्म बन्दै, कमलादी स्थित आईतबार मुर्हत सम्पन्न


काठमाण्डौ,३०–पौष,राजकुमार राई

बिचारपाटी मिडिया प्रा.ली.को प्रस्तुतिमा नेपाली कथानक चलचित्र परदेशीको जिन्दगी नयाँ मुभि आउने भएको छ । विभिन्न व्यापार व्यावसायबाट उक्लिदै, कलाकारिता जगतमा आफ्नो पाईला चुम्न सफल,निर्माता राजन गुरुङको लगानीमा उक्त चलचित्र निर्मान हुने भएको छ । एसएसपी पूर्ण चन जोशीको प्रमुख आतिथ्यमा निर्देशक विचल किराँतीले नरीवल फुटाएर कमलादी स्थित गणेश मन्दिरमा शुभ मुहुर्त सम्पन्न गरिएको छ । चलचित्र मा सुरेन्द्र मल्ल र रेशम सुनारले सहायक निर्देशन गर्दै छन ।

सो चलचित्रमा मुख्य कलाकारको रुपमा निर्माता राजन गुरुङ, धु्ब राज अधिकारी , नमिता खड्का ,युनिषा तामाङ, सोहित मानन्धर , , शशीकला राइ , सोताङ तिर्थ , रम्त मिया को साथमा साउथ इन्डियन चलचित्र मा खलपात्र को रुपमा ख्याती कमाएका कलाकारु समेतको अभिनय रहने भएको छ ।

साथै नेपाली चलचित्र जगतमा प्रख्यात नायिका प्रियंका कार्की ले पनि अतिथी कलाकार को रुपमा अभिनय गर्ने कुरा निर्देशक किरातिले जानकारी दिनु भएको छ । शुभ मुहुर्त कार्यक्रम मा बोल्दै निर्माता तथा नायक राजन गुरुङ ले चलचित्र परदेशीको जिन्दगीले दर्शक को मन जित्ने कुरामा आफु ढुक्क रहेको कलाबरलाई बताए ।

पश्चिमी संस्कृति र राजनीतिले नेपाली कलाकारिता जगतलाई तहसनहस पारेको अवस्थामा सानो लगानीमा प्रदेशी जिवनको कथाब्येथा समिटिएर नेपाली मौलिकता झल्काउने कथावस्तु रहने समेत उहाले बताउनु भयो । करिब ५० देखि ५५ लाख सम्मको लगानीमा बन्न लागेको सो चलचित्र माघे सन्क्रान्तीको दिन पारेर फ्लोरमा जाने भएको छ ।

चलचित्रमा दिब्य राज सुबेदी र पवन गौतमले छायाँङन गर्ने भएको छ । बुद्घ रार्इ र ओम सुनार को संगीत संयोजन रहेको सो चलचित्रमा , कुमार महर्जन को द्वन्द एवम्, अमित पोख्रेलको ब्यवस्थापन रहने भएको छ । शुभमुर्हुत कार्यक्रमलाई लोकप्रीय हाँस्यकलाकार गोपाल ढकालले सञ्चालन गर्दै , नयाँ बन्न लागेको चलचित्रको बारेमा सबै पत्रकारहरुलाई जान्कारी गराएका थिए । यो चलचित्रलाई दिप्सन शाहले सम्पादन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्