Logo

रमेश उप्रेतिलालाई जन्मदिनको अवसरमा आफ्नै फयानहरुद्वारा शुभकानाको ओइरो


कलाखबर संवाददाता ३०, फागुन–कठमाण्डौ । आज बुधवार नायक रमेश उप्रेतीको जन्मदिन परेको छ । बिहानै फेसबुक खोले । शुभकामना सन्देशहरुको ओइरो लागिसकेको थिए । केही सन्देशहरुले उनलाई भावुक बनाए ।

‘मलाई माया गर्नेहरु यति धेरै हुनुहुन्छ होला भनेर मैले सोचेकै थिइन्,’ रमेशले कलाखबरसंग भने, ‘उहाँहरुका ती मायाका शब्दलाई म ब्यक्त गर्न सक्दिनँ ।’
त्यसो त आफ्नो जन्मदिनबारे पनि उनलाई फेसबुकले नै सम्झाइदिएको थियो । सुरुमा फेसबुक खोल्दा जन्ममिति हचुवा राखेका रमेशले केही महिनाअघि मात्रै अपडेट गरेर मिलाएका हुन् ।

बिहानभरि फोनमार्फत साथीभाईको शुभकामना लिएरै बसेका रमेश भन्छन्, ‘कुनै पनि मान्छेलाई बाँच्नका लागि धन(दौलत भन्दा साथीभाई महत्वपूर्ण हुँदा रहेछन् ।’
सोमवार भएको हवाइजहाज दुर्घटनाको खबरले उनलाई निकै चिन्तित बनाएको थियो । उक्त दुर्घटनामा भर्खरका युवायुवतीको निधन सुनेर विचलित भएका रमेशले बुधवार बिहानदेखि केही फ्रेस भएको बताए ।

‘आज बिहानभरि साथीभाइसँगै कुराकानी भएकाले अघिल्लो दिनको घटना क्रमश हराउदै गएको छ । आफुलाई राहत भएको महसुस् गरेको छु,’ रमेशले भने ।
केहीवर्ष अमेरिका बसेका रमेश चलचित्र क्षेत्रमा फर्किएका छन् । उनले आफै निर्माण तथा अभिनय गरेको चलचित्र ‘ऐश्वर्य’ हिट पनि भयो । अब यहि मुलुकमा अभिनयमै सक्रिय हुने उनको योजना छ ।

‘म चाहन्छु म मरेको दिन कोही पनि खुसी नहोओस्, त्यसका लागि धेरै राम्रो काम गर्नुछ,’ उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्