Logo

‘नाइँ नभन्नू ल ५’को सुटिङ सुरु



कलाखवर संवाददाता चैत १३ – चलचित्र ‘नाई नभन्नु ल ५’ को छायाङ्कन सुरु भएको छ । झापाको बिर्तामोडबाट सोमबारबाट चलचित्रको औचिारिक सुटिङ सुरु भएको हो ।चलचिलाई झापा र इलामका रमणीय स्थानमा खिचिनेछ । चलचित्रमा यस पटक नयाँ नायक अभिषेक नेपालले डेव्यु गर्दै छन् ।

पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए । कान्तिपुर फिल्म एकेडेमीमा अध्यनरत अभिषेकलाई चलचित्र निर्देशक विकास आचार्य छनोट गरेका हुन् । उनी चलचित्रमा नायिका स्वस्तिमा खड्काको जोडीको रूपमा देखिन्दै छन् ।चलचित्रमा अभिषेकसँगै सेड्रिना शर्मालाई लन्च गर्दै छन् । झापा मूलघर भएकी सेड्रिनाले अनुभव रेग्मीको जोडीको रूपमा अभिनय गर्नेछिन् ।

निर्देशक आचार्यको अनुसार चलचित्रको छायाङ्कन झापाको बिर्तामोडमा ३ दिन र इलाम २५ दिन हुनेछ । चलचित्र अभिषेक, स्वस्तिमा र सेड्रिनाको साथमा प्रियंका कार्की, केकी अधिकारी, दिलीप रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ । विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रलार्ई पुरुषोत्तम प्रधानले खिच्दै छन् भन चलचित्रको सङ्गीत वसन्त सापकोटाले तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्