Logo

चलचित्र ‘लम्फु’को कभर डान्स प्रतियोगिताको घोषणा



कलाखवर संवाददाता चैत १३- चलचित्र ‘लम्फु’ले पनि प्रमोसनको रूपमा कभर डान्स प्रतियोगिताको घोषणा गरेको छ । आउँदो वैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लम्फुमा समावेश भएको ‘सुको नहोस् यार’को कभर डान्स प्रतियोगिताको घोषणा गरिएको हो ।

चलचित्र ’लम्फू’को डिजिटल अधिकार लिएको ’हाईलाईट्स नेपाल’ले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो । कभर भिडियो बनाउनेले info@hightlightsnepal मा २०७५ वैशाख २० गते सम्ममा पठाउन पर्नेछ । उक्त गीतको कभर भिडियोको विजेताले नगद पचास हजारको साथमा अन्य आकर्षक उपहारहरू जित्ने बताइएको छ ।

यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफी र निर्णायकको आधारमा २०७५ वैशाख ३१ गते विजेता घोषणा हुनेछ । गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको छ । प्रमोद ढुंगानाले गीत लेखेका हुन् । कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, कुसुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको ’लम्फू’लाई पपुलर मल्टीमिडियाको लागी शक्तिबल्दभ घोरासैनीले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्