Logo

चलचित्र ‘बेबी आई लभ यू’को पहिलो पोष्टर सार्वजनिक



कलाखवर संवादाता,चैत २४ – लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । राजधानीको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै पोष्टर सार्वजनिक गरिएको हो । चलचित्रमा लिची इन्टरटेन्मेन्ट प्रा।लि।का प्रोपाइटर समेत रहेका शिव न्यौपानेको लगानी रहेको छ । जनक पाण्डेको निर्देशनमा बनेको चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।

चलचित्रको मुख्य भूमिकामा नायक सन्तोष खड्गीको साथमा सरोज खनाल, पुजा तिवारी, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के। शर्मालगायत लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा सुवास देवकोटाको सम्पादन, पहिलो ब्यानर डिजाइन कमल सापाकोटा, कोरियोग्राफ सरोज अधिकारी, साउण्ड मिक्सिङ निरज केसीको रहेको छ । चलचित्र जेठ १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने आयोजकले जनाएको छ । यसअघि चलचित्र ‘बेबी आई लभ यू’को गीत ‘कान्छी मायालु’ युट्युबमा आइसकेको छ । उक्त गीतको भिडियोलाई दर्शकले अत्याधिक रुचाएका छन् । ८१ लाख भ्यूज भएको छ ।

प्रतिक्रिया दिनुहोस्