Logo

यस्तो देखियो दयाहाङ र वर्षाको ‘भैरे’ को फष्टलुक


कलाखवर सम्वाददाता, बैसाख १४ – आगामी १८ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘भैरे’को फष्टलुक सार्वजनिक भएको छ । यसमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, सुरक्षा पन्त, बुद्दी तामाङ, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी देखिएका छन् । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको यो भैरेका निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ छायाँकन गरेका छन् ।

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह–निर्माता हुन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, दयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस्