Logo

ज्योति मगर अब समाज सेवा तर्फ लम्किदै


 

कलाखबर संवाददाता,३१,बैशाख–काठमाडौं । सधैं चर्चा रहिरहने गायिका ज्योती मगरले आफ्नो जन्मदिन यसपटक फरक ढंगले मनाएकी छिन्। स्टेज प्रफर्मेन्स र खासगरी पोशाकका कारण चर्चामा रहिरहने गायिका ज्योतीले यसपटक बालआश्रमका बालवालिकाहरुलाई आर्थिक सहयोग गरी जन्मदिन मनाइन् ।

वैशाख २९ गते परेको ज्योतीको जन्मदिनमा उनले एकीकृत सिर्जनशिल समाज काठमाडौंका बालबालिकाहरुलाई नगद ४५ हजार र १० हजार बराबरको खाद्यान्न सहयोग गरिन् ।

मगर पहिरनमा बेलुकीपख बालआश्रममा पुगेकी गायिका ज्योतीले त्यहाँका ४० जना बालबालिकाहरुसँग केक काटेर जन्मदिन मनाइन् । त्यस अवसरमा एकै दिन जन्मदिन परेकी अर्की गायिका सिर्जना खत्रीसँगै ज्योतीले केक काटिन् ।

खासगरी मेला, महोत्सवहरुमा दिने प्रस्तुतिका कारण हट एण्ड सेक्सी गायिकाको परिचय बनाएकी गायिका ज्योतीले पछिल्लो समय सामाजिक सेवामा समेत बिस्तारै हात बढाएकी छिन् ।

धेरै नसकेपनि बालबालिकाहरुको मुहारमा खुसी ल्याउन आफूले सक्ने जति सानो प्रयास गरेको उनले बताइन् । ‘हामीलाई आफ्नै १र२ जना सन्तान हुर्काउन त कति गाह्रो भइरहेको हुन्छ। यति धेरै बालवालिका एकैठाउँमा राखेर हुर्काउनु, पढाउनु लेखाउनु सानो कुरा होइन्, ।

ज्योतीले भनिन्, ‘त्यसैले मैले आफुले सक्दो सहयोग गर्ने प्रयास गरेकी हुँ। मेरो तर्फबाट थप पहल गर्नेछु। कम्तिमा १ दिन भएपनि यी बालबालिकाको मुहारमा खुसी ल्याउन सकियोस्। उनले केही समय पहिले थर्ड आइ नामक संस्थामार्फत लागुऔषध दुर्व्यसन पीडितहरुका लागि सहयोग पनि गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्