Logo

मौसम गुरुङ र जुना गुरुङको ‘सुन कथा’ सार्बजनिक


 

कलाखबर संवाददाता,२३,जेठ – काठमाडौं । इश्वर सिंह र कालिका रोक्काको सुमधुर स्वर भाका रहेको लोकदोहोरी गीत ‘सुन कथा’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित यो गीत सार्वजनिक गरिएको हो ।

भिडियोमा मौसम गुरुङ र जुना गुरुङको रोचक अभियन देख्न सकिन्छ । यो भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका गरेका छन् । सितल सिजन डिजिटलले यूट्युव मार्फत सार्वजनिक गरेको गीत तथा गीतको भिडियोमा बियोगान्त प्रेमकथा देखाउन खोजिएको छ ।

चन्द्र खत्रीको शब्द र संगीत रहेको गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् भने विष्णु शर्माको सम्पादन रहेको छ । प्रेम, वियोग तथा संबेदनाका भावहरु समेटिएको गीत उत्कृष्ट बनेको छ ।

प्रतिक्रिया दिनुहोस्