Logo

कस्तो रहला रुस र साउदी अरबको विश्वकप फुटबल


 

 

 

 

लक्ष्मी श्रेष्ठ, ३१ जेठ, काठमाडौं । विश्वकप फुटबल आजबाट रुसमा सुरु हुँदैछ । स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुदैछ ।

८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती पनि देखाउने छन् । अलावा जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।उदघाटन समारोहमा ब्राजिलियन फुटबलर पेले स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएका छन् तर रोनाल्डोलाई भने देख्न सकिने छ ।

नेपाली समयअनुसार विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबीच बेलुका ८ः४५ मा सुरु हुनेछ ।विश्वकपको प्रतिस्पर्धामा ३२ टिम सहभागी हुनेछन् । हरेक समूहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् ।यी टिमलाई आठ समूहमा बिभाजन गरिएको छ । एउटा समूहमा चार–चार राष्ट्रले खेल्दै छन, ।

प्रतिक्रिया दिनुहोस्