Logo

पे्मीको मीठो मायाले जाङमु ईन शेर्पालाई कसरी पागल बनाए ? हेरौ भिडियो


 

कलाखबर संवाददाता,१२,असार–काठमाण्डौँ । माया प्रेम जिवनको अपरिहार्यता मात्र नभएर प्रकृतिले नै सृजना गरिदिएको एउटा सुन्दर उपहार हो । पे्रममा नै हरेक  सृष्टिअडिएको छ । हरेक कलाकार र संगीतकारले यी नै कुरा आफ्नो शब्द रचना,अभिनय तथा स्वरका थँुगाहरुमा पस्किरहेका हुन्छन् ।

यहि सन्दर्भमा प्रविसा अधिकारी र उत्तम थापा मगरको आवाजमा सजिएका यो पागल मन गीत बजिरहेको छ । अगाडी तिर सुस्तरी पवनको स्पर्शसँग मुस्कानको लहर छोड्दै श्रङगारले सजिएका दुई युगल जोडी देख्न सकिन्छ । यी जोडी हुन, संखवासोभा जिल्लामा जन्मेकी एक लोक प्रिय मोडल जाङमु ईन शेर्पा र कुसल संगीतकार तथा गायक उत्तम थापा मगर । यी दुई जोडीले अभिनय गरेको निकै रोचक भिडियो भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ ।

यो भिडियोलाई प्रवेश तन्दुकारले निर्देशन गरेका छन् भने दिनेश पराजुलीले छाँयाङ्कन गरेका छन् । विकट जिल्ला अनि एउटा शेर्पा समुदायमा हुर्केकी जाङमु ईन शेर्पाको छुट्टै यो चमत्कारी कदम देख्दा खुशीले आम दर्शकको छाती फुलेको छ । कयौ शेर्पाहरु पर्यटन व्यासाय, होटल व्यासाय तथा अन्य क्षेत्र अपनाउने गर्दछन् ।

यो परिवेशमा आफु भने आफ्नो समुदाय भन्दा केही बाहिर निस्केर छुट्टै पहिचान कमाउन चाहेको उनी बताउछीन् । १७ वर्षको कल्कलाउदो उमेरदेखि यस क्षेत्रमा होमिएको शेपाले करिब तीन दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । जसले जे भने पनि अब यो आफ्नो क्षेत्र भन्दा बाहिर जान नसकिने उहाँ बताउ छिन् ।

यस क्षेत्रमा प्रवेश गर्दा आफ्नो परिवार तथा समुदायको पनि राम्रो सहयोग रहेको समेत शेर्पाले कलाखबरलाई बताईन् । स्टेज कार्यक्रम समेत सञ्चालन गर्दै आएकी शेर्पा अब भने ठूलो पर्दामा समेत छिर्ने तरखरमा रहेको बताउ छिन् ।

प्रतिक्रिया दिनुहोस्