Logo

एक कार्यक्रमका बीच अजय कुलुङको भिडियो सार्बजनिक, शुभकामना दिनेको ओइरो, कुलुङले कसरी खुशी ब्यक्त गरे ?(भिडियो सहित)


 

 

कलाखबर संवाददाता, २५,असार–काठमान्डौं । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले सानीवा एल्बममा रहेको किराँती कुलुङ भाषाको गीतको म्यूजिक भिडियो शनिबार सार्बजनिक गर्नु भएको छ । स्वरस्वती नगर स्थित कुलुङ गुस्खमको सम्पर्क कार्यलयमा आयोजित सो कार्यक्रममा कवि तथा गायक कुलुङलाई शुभकामना दिने शुभेटछुकहरुको निकै घुईचो देखियो ।

साहित्य जगतमा समेत शसक्त रुपमा कलम चलाएका कुलुङ गायक मात्र नभएर एक स्रष्टा पनि हुन् । सानीवा एल्वम्बाट साभार कुलुङ भाषामा रहेको “सानीवा खाप्चाये मीक्वा हुप्स्चाये ”नामक बोलको म्युजिक भिडियो लाई ७७ बर्षिया आफ्नै आमा फैलिमाया कुलुङको हातबाट सार्बजनिक गरिएका थिए ।

विभिन्न साहित्य सृजनामा समेत कलम चलाएका श्रष्टा कुलुङले यस गीतलाई २०७१ सालमै आफ्नो सानीवा एल्बममा मार्फत पाँचौ कोशेलीको रुपमा बजारमा ल्याईसकेका थिए । केही आर्थिक कठीनाईको कारण यो भिडियोलाई बजारमा ल्याउन ढिलो भएको कुलुङले बताउनु भयो ।

कुलुङ जातीको पहिचान र संस्कृति बचाउ अभियान स्वरुप आफ्नो भाषिक गीत गाएकोमा कुलुङ संघका अध्यक्ष चन्द्र सिंह कुलुङले अलङकारलाई धन्यबाद दिनु भयो । आगामी दिनहरुमा समेत उहाँको यो कदमलाई निरञ्तर अगाडी बढ्न सकुन् भन्ने कामना सहित शुभकामना दिनु भयो ।

नेपाली काँग्रेसका युवा नेता तथा पूर्व जिल्ला सभापति सूर्य कुलुङले अजय कुलुङ पहिला सिकारु थिए, तर अहिले सिकाउने गुरु भई सकेकोले अबको उहाँको साँगीतिक यात्रा उज्वल रहेको बताउनु भयो । यो भिडियाले साँच्चीकै कुलुङहरुको जीवन शैलीमा आधारीत यथार्थता दर्शान खोजिएको उहाँले बताउनु भयो ।

यस गीतमा शब्दरसङ्गीत अजय अलङकार कुलुङ स्वयंको रहेको छ भने पबिधन खालिङले एरेन्ज गर्नु भएको छ । चर्चित गायीका आभा मुकारुङले स्वरलहरी भरेको यो गीतमा रिना लिम्बू ,सृजन कुलुङ, फैलीमाया कुलुङ र, अजय अलङकार स्वयंकै फिचरिङ रहेको छ ।

यस गीतको छायांकन दिपक चाम्लिङले गर्नु भएको छ भने सम्पादन सृजन कुलुङले गर्नु भएको छ । भिडियोलाई अजय अलङकार र दिपक चाम्लिङले निर्देशन गरेका छन् ।सो म्युजिक भिडियो महाकुलुङ टेलिभिजन परिवरले बजारमा ल्याएको हो । अङ्ग्रेजीमा समेत रेहेको यो भिडियो निकै नै सोचेभन्दा राम्रो भएको अजय अलङकारको दाबी रहेको छ ।

आफ्नै आमाको हातबाट यो भिडियो सार्बजनिक गर्न पाउदा आफुले आफैलाई भाग्यमानी ठानेको समेत कुलुङ कलाखबरलाई बताउनु भयो । यस भिडियोमा रोचक अभिनय गरेका सबै जनालाई कलाखबर टि.भी.ले एक मुस्तमा अन्र्तवाता लिएका थिए । हेरौँ उहाँहरुसँगको रोचक कुराकानी तलको भिडियोमा ।

प्रतिक्रिया दिनुहोस्