Logo

नमुना बन्दै मेगा पप्लिक स्कुल, उत्कृष्ट पठनपाठन भएको अभिभावकको भनाई


 

कलाखबर संवाददाता,६,साउन,–काठमान्डौं । राजधानीको नगार्जुन फेदी तार्केस्वर ८ शान्तिटोलमा रहेको मेगा पप्लिक स्कुल नमुनाको रुपमा स्थापित हुन थालेको छ । आफ्नो स्थापनाकालको छोटो समयमा नै सबै अभिभावक तथा आम बिद्यार्थीको मन जित्न सफल भंएको छ ।

उत्कृष्ट पठनपाठन, प्रयोगात्मक परिक्षण तथा साप्ताहिक कार्यक्रम जस्ता अकर्षक गतिविधिले विद्यार्थीको उच्च मनोबल वृद्धि भइ परिक्षामा राम्रो नतिजा ल्याउन सफल भएको अभिवाकहरु बताउछन् । प्रशस्त मात्रमा खेल्ने चउर पनि रहेको तथा सफा र कोलाहल, धुलो रहित एकान्त बस्तिमा रहेको यो विद्यालयमा विद्यार्थीलाई पठनपाठन गर्न निकै सजिलो भएको छ ।

उत्कृष्ट नतिजा हात पार्न तथा अनुशासनमा रहि आफ्नो जिम्मेवारी पुरा गर्नका लागी हरेक दिन स्कुल प्रवेशद्धारमा डायरी नोट जाँच समेत गर्ने गरिएको पृन्सीपल अम्रीत भण्डारीले बताउनु भयो । विहानैदेखि राम्रो कोचिङको व्यावस्था तथा टयूशनसमेत पढाउने गरिएको उहाले जान्कारी दिनु भयो ।

बौदिक र क्षमतावान तथा अनुभवी २५ जना शिक्षक शिक्षिकाहरुबाट पठनपाठन गरिदै आएको समेत भण्डारीले कलाखबरलाई बताए । सुन्दर शान्त अनि रमणीय वातावरणमा अवस्थित यो स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुदै आएको छ । एकान्त वातारणमा राम्रो पढाइ हुने भएकोले अभिभावकको रोजाइमा यो विद्यालय परेको हो । दिनानुदिन विद्यार्थीको चाप बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्