Logo

चलचित्र ‘ब्ल्याकको ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक


 

कलाखबर संवाददाता ,८,असार–काठमाडौं । चलचित्र ब्ल्याकले ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक भर्खरै सार्बजनिक गरेको छ । सो गीतमा अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठको निकै रोमान्टिक गतिविधि देख्न सकिन्छ । यो गीतमा आचल र आकाशको गहिरो प्रेम प्रशंगबाट युगल जोडी बीचको माया पे्रमलाई देखाउन खोजिएको छ ।

१ भदौबाट प्रदर्शनमा आउने चलचित्र ‘ब्ल्याक’का मुख्य कलाकार पनि आँचल र आकाश नै हुन् ।सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काले दिएका छन् । कोरियोग्राफर भने रामजी लामिछाने हुन् । चलचित्रको केही पहिले सार्वजनिक गरिएको ‘पल पल हरपल’ बोलको गीत पनि अहिले चर्चामा छ ।

प्रदीप श्रेष्ठ निर्देशित चलचित्र आश्मा पाण्डेले निर्माण गरेकी हुन् । आँचल र पलको अलवा चलचित्रमा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको समेत मुख्य भुमिका रहेको छ ।‘ब्ल्याक’लाई गोविन्द शाही, उज्जल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो चलचित्र रामशरण उप्रेतीले छायाँङ्कन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्