Logo

पत्रकार भैरव रिसालद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक


कलाखबर संवाददाता,३०,साउन–काठमाडौं । बरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक गरिएको छ । रिसालको ९१ औं जन्मदिनको अवसर पारेर मंगलबार काठमाडौंमा ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक गरिएको हो ।

सिकाई समूह प्रालिले प्रकाशन गरेको पुस्तकमा २००७ सालदेखि २०७५ सालसम्मका प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्मको नालावेली समेटिएको छ । पुस्तक सार्वजनिक समारोहमा बोल्दै प्राध्यापक कृष्ण खनालले पुस्तकले नेपालको इतिहासको समग्र पाटोलाई स्मरण गराएको प्रतिक्रिया दिए ।

उनले भावी पुस्तालाई नेपालको अतितको राजनीतिक संस्कार पनि पुस्तकले जानकारी गराउने विश्वास व्यक्त गरे । पुस्तक वरिष्ठ पत्रकार रिसाल र भरतराज पोखरेलले लेखेका हुन् । अध्ययनशील समाजका लागि उपयोगी अभिलेख हुन सक्ने ठानेर पुस्तक तयार पारिएको वरिष्ठ पत्रकार रिसालले बताए ।

पुस्तकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुँदाका महत्वपूर्ण एवम् ऐतिहासिक दस्तावेज पनि समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्