Logo

भगिराजको लिम्बु जातिको ईतिहास’ पुस्तक को बिमोचन


कलाखबर संवाददाता,१६,भदौ—काठमान्डौ । पूर्वप्रमुख जिल्ला अधिकारी भगिराज इङनामको लिम्बु जातिमा आधारीत इतिहास’ पुस्तक बिमोचन गरिएको छ । किँरात याक्थुम चुम्लुङको ३० औं बार्षिकोत्सवको अवसरमा सो पुस्तकको शनिबार बिमोचन गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति बैरागी काईलाको हातबाट सो पुस्तकको विमोचन गरिए। सो कार्यक्रममा साहित्य जगतका भिविन्न स्रष्टाहरुको बाक्लो उपस्थिति रहेका थिए ।

ललितपुरस्थित चुम्लुङ भवनमा आयोजित विशेष समारोहमा अन्वेषक इङनामले लेखेको उक्त पुस्तकमा बलदिप प्रभाकर राईले टिप्पणी गरेका थिए। नवपाषण युगमा नै किराँतहरु गुफाहरु छाडेर घरमा बस्न थालेको यो पुस्तकले मानव शाष्त्रीय दृष्टीकोणहरु देखाएको कुरा राईले छर्लङ्ग पारे ।

मानव इतिहासमा नै पहिलो घर बनाउने पाईजावाले बनाएको र जुन अहिलेको इखाबु गाविसमा पर्छ, यस्तो दृष्टीकोण समेत यो पुस्तकमा समेटिएको राईले बताउनु भयो ।

उनका अनुसार लिम्बु जातीको इतिहासलाई मानवशाष्त्रीय दृष्टीकोणमार्फत उत्खनन गरेकाले भरपर्दो सन्दर्भ सामग्री हुने देखिन्छ । प्राज्ञ बैरागीले लिम्बु जातिका वारेमा एकमुष्ठ बुझनका लागि इङनामको पुस्तक उपयुक्त हुने निष्कर्ष सुनाएका छन ।

साथै यो पुस्तकले लिम्बु जातिका वारेमा अध्ययन गर्न पर्याप्त प्रमाणसहित बुझनलाई सजिलो भएको समेत बताउनु भयो । सो पुस्तकले नेपालको लिम्बुहरुको ऐतिहासिक अवस्था र योगदानको बारेमा बुझन सहयोग पुग्ने समेत राईको भनाई थियो ।

लिम्बुका वारेमा सबैभन्दा बढी सन्दर्भ सामाग्रीसहित आएकाले अन्य पुस्तकको तुलनामा इङमाङको पुस्तक आधिकारिक हुने दावी बैरागीले गरेका छन।

साथै, याक्थुक चुम्लुङको केन्द्रीय कार्यालय, ललितपुरमा ३० औं बार्षिकोत्सवको अवसरमा लिम्बु र किराँतका वारे उल्लेखित पुस्तकको विक्री तथा प्रदर्शनी राखिएको छ । भदौं १५ देखी सुरु भएको सो प्रदर्शनी १७ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्