Logo

शनिबार चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो सम्पन्न, दर्शकको भीड्ले हल खचाखच


कलाखबर संवाददाता,३१,भाद्र– काठमाडौ । किराँत सस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो सम्पन्न भएको छ । शनिबार किराँत राई यायोक्खाको कार्यलय कोटेश्वरमा भएको च्यारिटी शोमा दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो । हल दर्शकहरुको भीड्ले खचाखच थियो । कार्यक्रममा स्रष्टा कलाकर्मी,संगीतकर्मी एवम् उल्लेख्य योगदान दिने सञ्चारकर्मी लगायतलाई सम्मान् गरिएका थिए ।

कार्यक्रममा बोल्दै किरात राइ यायोक्खाका अध्यक्ष दिवस राइले चलचित्रकी निर्माता साया राई सफलताको शुभकामना दिए । साथै एउटा नारी भएर किराँतहरुको कला र सस्कृतीलाई जगेर्ना गरेको र साहसी काम गरेको भन्दै धन्यवाद दिए । त्यसैगरी कार्यक्रममा बोल्दै चलचित्रकी निर्मात्री साया राइले आफनो जाती भित्रको कला संस्कृति बचाउ गर्नुका साथै आफनी आमाको उद्धेश्य प्राप्तीका लागि चलचित्र निर्माण गरेको बताइन ।

कयौ कुरा आमाको डायरी कथाबाट पनि सिक्न मौका मिलेको बताउनु भयो । चलचित्र निर्माण गर्दैगर्दा आफुले भोग्नु परेको दुःख पिडा भावुक हंदै कार्यक्रममा सुनाइन । यो चलचित्र निर्माणको क्रम्मा आफनै समुदाय यायोक्खाको केहि व्यक्तिहरुले आफुलाई गिद्धेनजर समेत लगाएर खुट्टा तान्न खोजेको निर्मात्री साया राइले बताइन ।

आस मात्र देखाएर कुनै पनि काम नगरिदिएको, राम्रो सहल्ला सुझाब र थाती रहेका कामलाई अगाडी बढाउन अनुरोध गर्दा उल्टै आफूसँग रमाईलो गर्न खोजेको अनुभव समेत सुनाईन । पहाडी र विकट ठाउँमा सुटिङ गर्नु परेकोले निकै अप्ठयाराहरु आई परेको समेत राईले बताईन् । हिउँ र असिनासँग लड्दै यो सुटिङ गर्दा आफू अचेत हुने गरि विरामी भएको. निर्मात्री साया राईले बताईन् । यो देखेर गिद्धेनजर लगाउनेहरु खुशीले छाती फुलाएको समेत सुनाइन् । आफना अभुवनहरु सुनाउदा सुनाउदै भावुक पनि भइन ।

निर्देशक भगिराज रार्इले चलचित्र निर्माणका क्रममा निकै चुनौतीको सामाना गर्नु परेको बताए । मौसम प्रतिकुल भएका कारण पनि छायाँकनमा निकै चुनौती जेल्नु परेको बताए । चलचित्रको शो बाट उठेको केही रकम क्यान्सर पीडित रोजिना नेपालीको स्वास्थ्य उपचारको लागि सहयोग स्वरुप च्यारिटी शो को आयोजना गरिएको हो । कार्यक्रममा रोजिना नेपालीलाई ३२ हजार र सुन्दर नेम्वाङलाई १० हजार रुपैया आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

द पाल्म ग्रुपको ब्यानरमा निर्माण भएको उक्त चलचित्र साया राइले निर्माण गरेकी हुन । चलचित्रलाई भविराज राइले निर्देशन गरेका छन । फिल्ममा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तरुपमा प्रस्तुत गर्न खोजिएको दृश्यहरु समावेश गरिएको छ । फिल्मको नाम किराती सभ्यतार भाषाबाट लिइएको भएपनि पनि फिल्म नेपाली भाषामा रहेको छ ।

चलचित्रको शो को लागि पूर्वी नेपालका विभिन्न ठाउ तथा हङकङ लगायतका विभिन्न देशहरुमा शो हुन लागेको कार्यक्रममा जानकारी गराइयो । फिल्मको छायांकन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।

फिल्ममा सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय छ । फिल्ममा भगिराज लेखन, भक्त सुनुवार र उदय नेमबाङको संगीत, देबजंग थापाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्