Logo

मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना


कलाखबर संवाददाता,२३, असोज–नुवाकोट । विश्व मानव अधिकार तथा अपराध नियन्त्रण संगठन अर्थात ह्वाइट फेज सफेद चरणले जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो । सोम्बार नुवकोटको रानीपौवा स्थित भवानी उच्च माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा सफेद चरणले विद्ययालयलाई महत्वपूर्ण शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै विश्व मानव अधिकार तथा अपराध नियन्त्रण संगठनका प्रमुख सिइओ विकास तामाङले नुवाकोट जिल्लामा अधिकांश चेलीवेटी वेचविखन तथा मानव तस्कर एव बलात्कारका घटना बढी हुने भएका कारण जनचेतना वृद्धि गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बतउनु भयो ।

साथै तामाङले विभिन्न प्रलोभनमा देखाइ मानव वेचविखन तथा बलात्कार जस्ता जघन्य अपराध हुनबाट बच्न अनि बचाउन सबैलाई आग्रह समेत गरे । विश्व मानव अधिकार तथा अपराध नियन्त्रण संगठन अर्थात वाइट फेज सफि चरणले केही महिला हिंसा, बलात्कार, मानव वेचविखन तथा अवैध कार्य नियन्त्रणका साथै विभिन्न विपन्न परिवार एवम् अशक्त ब्यक्तिहरुलाई आर्थिक तथा सामाजिक सहयोग जुटाउदै आएको जानकारी गराएका थिए ।
त्यसैगरी कार्यक्रममा साफेद चरण अर्थात ह्वाइट फेज का हेल्थ कोअर्डिनेटर पदम लिम्बु पावलले समाजका देखिएका विद्यमान विकृती र विसंगतिलाई नियन्त्रण गर्न सबै शिक्षित हुनु पर्ने र यस कार्यमा सबैको चासो बढनु पर्ने बताए । समाजमा हुने बलात्कार तथा हिंसालाई जरैबाट निर्मुल पार्न सबैले पहल गर्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पदम लिम्बु पावलले विहानको औषधी र बेलुकाको औषधी खान नसक्ने असहायहरुको लागि सफेद चरण अर्थात वाइट फेजले सहयोगी गर्दै आएको बताउनु भयो । चेलीवेटी वेचविखन तथा मानवओसार पसारमा आफुहरुले सक्रिय भुमीका निर्वाह गर्दै आएको बताउदै पावलले ठुलो आश्वासन दिएर चेलिवेटी वेच्न लादै गरेको अवास्थामा ११ जना युवतीको उद्धार गरेको समेत बताए ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाग्य श्री लामाले नुवाकोट जिल्लाका केही स्थानमा जनचेतना नपुग्दा त्यहाका चेलीवेटी बेचविखन हुने गरेको बताउदै यो अभियान जिल्लाको कलापत्थर जस्ता गाउमाहरुमा पुराउनु पर्ने आवश्यकता रहेको बताए । त्यसैगरी ककनी गाउपालिकाका कार्यपालिका सदस्य शंकर नेपालीले संस्थाहरुको विशेष योगदान दिएको उल्लेख गर्दै ककनी गाउपालिका आएर जनचेतना पैmलाएको संस्थामा धन्यवाद दिए ।

उनले संस्थाले गर्ने काममा गाउपालिकाले समेत हातेमालो गर्ने बताए ।
साथै कार्यक्रममा खामपा खार्चुङ सोसाइटीकी अध्यक्ष अनु चाम्लिङले समाजमा हुने गरेको मानवेचविखन तथा महिला हिंसा एवं बलात्कार जस्ता घटना जघन्य अपराध जस्ता घटना घटिरहेको बताउदै उक्त घटनाहरुमा अधिकांश आफन्त तथा नजिकका ब्यक्तिहरु नै सलग्न हुने गरेको बताइन ।
कार्यक्रममा विद्यालयलाई आबश्यक विभिन्न शैक्षिक समाग्री समेत संस्थाको तर्पmबाट हस्तान्तरण गरिएको थियो । विद्यालयलाई अत्यावश्यक सामाग्री हस्तान्तरण गरेकोमा विद्यालयका प्रधानाध्यापक शंकर लोहनीले संस्थालाई धन्यवाद ब्यक्त गरे । साथै संस्थाले मानव अधिकार तथा अपराध नियन्त्रणका क्षेत्रमा गरेको काम उदाहरीय रहेको बताए ।

छोटो अवधीको कार्यक्रम भएपनि विभिन्न सांङगीतिक तथा हास्यव्याङग्य प्रस्तुती समेत कार्यक्रममा राखिएको थियो । लोकप्रिय गायिका लक्ष्मी स्याङताङ तथा सिमा घिमिरेको प्रस्तुतीले निकै सहभागीहरु निकै रौसिएका थिए । त्यसैगरी हास्य कलाकार चुनीराम र ढेडु बुढो पवन खतिवडा र सरोज घिमिरेको हास्यव्यङले सबैलाई हसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्