Logo

यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा


कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । यो वर्षको लिगलिगे राजा नेपाली सेनाका अनिश थापा भएका छन् । नेपाली सेनाका अनिश थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिएका छन् । चेपे र मस्र्याङ्दी दोभानदेखि लिगलिगकोट सम्मको १३।५ किलोमिटर ५८।२५ मिनेटमा पार गर्दै एक वर्षका लागि लिगलिगे राजा बन्न सफल थापालाई एक कार्यक्रमबीच मन्त्री अधिकारीले श्रीपेच लगाइदिएका हुन् ।

एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापा नवौं लिगलिगे राजा बन्न सफल भएका हुन् । थापालाई एक समारोहबीच मन्त्री अधिकारीले श्रीपेच पहि¥याई सम्मान गरेका हुन् । श्रीपेचसँगै ६० हजार रुपैयाँ पुरस्कार समेत वितरण गरिएको छ । वितरणपछि उनलाई पालुङ्टार नगरपरिक्रमा गराइएको आयोजक पालुङ्टार नगरपालिका आयोजक संस्था लिगलिग विकास अभियानले जनाएको छ ।

यो दौडमा निर्धारित दूरी ५८।४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो भए । ५९।२१ मिनेटमा पार गरी नेपाली सेनाका रामजी बस्नेत दोस्रो भए । दोस्रो भएका पुनले ३५ हजार र तेस्रो भएका बस्नेतले २५ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भएकी छन् ।

खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका स्थानीय धीरज थापाले जानकारी दिए । चारसय वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जगाइराख्न लिगलिगे दौड गरिएको अभियानले जनाएको छ । इतिहासअनुसार लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा नौ वर्ष अघिदेखि लिगलिगकोट विकास अभियानले दौड गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्