Logo

नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ


कलाखबर संवाददाता,४,कात्तिक–काठमाण्डौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोलीले शनिबार राति सो कारखाना पत्ता लगाएको हो ।

कीर्तिपुर नगरपालिका मच्छेगाँउ ४ स्थित कृष्णबहादुर क्षेत्रीको साढे चार तले घरको पहिलो तलामा नारायण श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठले २ वटा कोठा भाडामा लिएका थिए । सो कोठाबाट नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र त्यसका लागि प्रयोग हुने सामाग्रीसहित ५ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पर्सा घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ, गोरखा घर भई कीर्तिपुर बस्दै आएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर घर भई मुलपानी बस्ने २५ वर्षीय साहिल थापामगर, पर्सा घर भइ जोरपाटी बस्दै आएका २८ वर्षीय राज श्रेष्ठ र कुमारी गाल बस्दै आएका कागेश्वरी काठमाडौंका विकास दोचे छन्।

प्रहरीले उनीहरूको साथबाट ३ लाख ७० हजार नक्कली नोट, ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन र २ थान मसी, पैसा छाप्न प्रयोग हुने २ बण्डल पेपर, ४ थान फेला पारेका छन् । साथै अन्य सामाग्रीहरु मोबाइल, कैची तीन थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली १ हजार का तीन थान नोट र १०० को ३ थान नोट, गोर्खा फाइनान्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग हुने १२ थान र नक्कली एनआसी बैंकको चेक बुक बरामद गरेको छ।

 

उनीहरुले कोठा भाडामा लिएर कारखाना नै खोलेर नक्कली नोट छाप्ने गरेको प्रहरीले जानकारी दिएको छ। शुक्रबार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रबार पक्राउ गरेको थियो। उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्