Logo

लगभक दशै सक्यो, अझै,राजधानी सुनसान


राजधानी काठमाण्डौको सुन्धारामा देखिएको दृश्य । तस्बिर ः राजकुमार राई ।

कलाखबर संवाददाता,४,कात्तिक–काठमाण्डौं । फुलपातीदेखि पूर्णीमा सम्म दशैमनाउने चलन भए पनि लगभक आजबाट मुख्य दशै सकिएको छ । आजबाट सार्बजनिक विदा पनि सकिएको छ । सरकारी कार्यालयहरु पनि खुलेका छन् । तथापी काठमाडौँ अझै सुनसान छ ।

निकै व्यस्त र जामले खचाखच राजधानीका सडकमा अझै फाट्टफुट्ट मात्र गाडी चलेको देख्न सकिन्छ । अधिकांश पसलहरुका सटरहरु बन्द रहेका छन् । मानिसहरुको चहलपहल पनि निकै कम रहेको छ । केही दिन अघिको तुलनामा भने चहलपहल बढे पनि काठमाडौँ आफ्नो पूरानो दैनिकीमा भने अझै फर्किसकेको छैन ।

फाट्टफुट्ट चलेका गाडीमा मनोमानी भाडा उठाईएको छ । गत वर्षको तुलनामा यसपालीको दशै बिशेष रमाई जस्तो महशुष पनि सबैलाई भएको छ । अब तिहारको पालो आउदैछ । यो दिपावलीको बेला अझै रमाईलो हुने धेरैको आशा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्