Logo

नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार


 

कलाखबर संवाददाता,५,कात्तिक–काठमाण्डौं । साहित्यकार नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ सार्बजनिक भएको छ । सो कृतिले पद्मश्री पुरस्कार(२०७४ पाउने भएको छ । खेमलाल(हरिकला लामिछाने प्रतिष्ठानले आइतबार ‘यार’ सर्वोत्कृष्ट मनोनयनमा परेको घोषणा गरेको हो।

यस्तै, साहित्यकार डा। तारानाथ शर्मालाई पनि प्रतिष्ठानले पद्मश्री साधना पुरस्कारबाट सम्मान गर्ने भएको छ । दुबै पुरस्कारको राशी दुई(दुई लाख रुपैयाँ रहेको समेत प्रतिष्ठानले जनाएको छ ।  सो पुरस्कार कोगाज्रत पूर्णिमाको दिन वितरण गरिने प्रतिष्ठानले जनाएको छ। साहित्यकार पाण्डेको संस्मरण कृति ‘यार’ २०७४ पुसमा सार्वजनिक भएको थियो।

संस्मरण कृति पद्मश्री पुरस्कार छनोटमा परेको ‘यार’ पहिलो हो। प्रतिष्ठानले हरेक वर्ष मनोनयनमा परेका कृतिहरू सार्वजनिक गर्ने गरेको थियो। तर, यसपालि मनोनयन सूची सार्वजनिक गरेको छैन।

यसअघि यो पुरस्कारबाट राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र वरिष्ठ साहित्यकार बैरागी काइँला पुरस्कृत भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्