Logo

मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई


कलाखबर संवाददाता,९,कात्तिक–काठमाण्डौं । भारतमा भएको मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरले चुमेकी छिन् । सो प्रतियोगिताको आयोजना वल्ड प्यानटले गरेका हुन् ।
२४ अक्टुबारमा भारतको जयपुरमा सम्पन्न प्रतियोगितामा सिलिगुडी खोलाचन्द फाप्रीनिवासी मञ्जु थापा मगरले ‘मिस इन्डिया वल्ड २००१८’ को उपाधि पाएकी छन् ।

भारतको सिलुगडीमा बस्दै आएकी उनी नेपाली मुलकी चेली हुन् । नेपाली मुल चेली भएर विभिन्न प्रतिस्प्रधीहरुलाई उछिन्नदै उपाधी पाउन सफल भएकोले अहिले उनको चर्चा चुलिएको छ ।

यसअघि उनले ‘मिस ग्लोरी अफ नर्थइस्ट २०१८’ र ‘मिस टिन रिपब्लिक अफ इन्डिया २०१८’ को उपाधि समेत पाइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्