जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने
कलाखवर सम्वाददाता, कार्तिक १९ –नेपाली हास्य व्यङ्ग्य बिधामा स्थापित नाम हो जितु नेपाल, उनै जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने भएका छन् । कि इन्टरटेन्मेन्टको “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत जिनु नेपाल आउने भएका हुन् ।
नेपाल टेलिभिजनबाट यहि कार्तिक १९ गतेदेखि हरेको सोमबार राती ८ः५० मा प्रशारण हुने यो कार्यक्रमले एक फरक कमेडी प्याकेज दर्शक माझ प्रस्तुत गर्ने विश्वास उनको छ । विश्व भरका विभिन्न टेलिभिजन च्यानलहरुमा निकै नै रुचाइएको स्केच कमेडी र सेलिब्रेटी टक शोको फम्र्याटलाई पछ्याउँदै यो कार्यक्रमले नेपालीपन र मौलिक प्रस्तुति समावेश गर्ने कि ले बताएको छ ।
नेपाली कलाकारिता जगतका नामुद हस्तीहरु राजाराम पौड्याल र दिपाश्री निरौलाको प्रमुख उपस्थिति रहने कार्यक्रममा राजेन्द्र नेपाली, उमेश राई “फुलन्देकी आमा“ लगायतका कलाकारहरुको पनि आकर्षक प्रस्तुति रहनेछ भने जितु नेपालले यस कार्यक्रमको मुख्य संचालन गर्नेछन् ।
© 2017 Kalakhabar. All Rights Reserved