Logo

लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’


कलाखवर सम्वाददाता, कार्तिक १९  –बेला–बेलामा फरक–फरक गीत दर्शक श्रोताको मन जित्दै आएकी गायिका लक्ष्मी आचार्यले नजिकिदै गरेको तिहारलाई लक्षित गर्दै देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ सार्वजनिक गरेकी छन् ।
देउसी भैलो संस्कृतिले भरिएको आकर्षक भिडियोसहित उनले यो गीत सार्वजनिक गरेकी हुन् । उनकै स्वर रहेको गीतमा शब्द तथा संगीत भने जय देवकोटाको रहेको छ ।

थुप्रै सहायक कलाकार प्रयोग गरिएको गीतको भिडियोमा लिड उनी आफंैले गरेकी छन् । ओम श्रेष्ठको कोरियोग्राफी, राजेश घिमिरे र बिरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । लक्ष्मीले सांगीतिक क्षेत्रमा थुप्रै हिटलोक, आधुनिक र तीज गीत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्