Logo

सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पायो


कलाखवर सम्वाददाता, कार्तिक ३० -किराँत सँस्कृतिमा आधारित नेपाली कथानाक चलचित्र सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पाएको छ । दि पाल्म ग्रुप प्रा. ली. को ब्यानरमा निर्मित चलचित्रलाई साया राईले निर्माण गरेका हुन् । मौलिक कलासँस्कृतिमा आधारित यो चलचित्र उत्कृष्ट भएको ठहर गर्दै नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान हुन् । गत मङ्गलवार समितिले सर्टिफिकेट प्रदान गरेकोहो ।

यो चलचित्रको कथा लेखन तथा निर्देशन भगिराज राईले गरेका हुन् । पूर्वीय नेपालको भु-भागमा अवस्थित किरात समुदाय अन्तर्गत पर्ने राई जातिको भाषा,धर्म,सस्कार र सस्कृतिको अलावा उच्चपहाडी भेगमा बसोवास गरी गोठाले जीवन बिताई रहेको एउटा टुहुरो लिम्बु केटा’मिराक’र गोठ मालिकको छोरी’सुम्निमा’बिचको अन्तर जातिय प्रेम सम्बन्धलाई चलचित्रमा पर्दापण गरिएको छ।

सानै उमेरमा आफ्नो अविभावक गुमाउनुको पिडा अर्काको गोठमा गोठालो बस्नुको बाध्यता र गोठालो बसेर काम गर्दै जाने क्रममा गोठ मालिक’बाङा’को भतिजी छोरी ‘सुम्निमा’ सँग कसरी प्रेम बस्छ र बिच बिचमा आउने आरोह अवरोहलाई मिराकले कसरी सामना गर्छ रु भन्ने कुरालाई चलचित्रमा हुबहु प्रस्तुत गरिएकोछ।

वाल्यकालमासँगै हुर्किएका ‘मिराक’र ‘सुम्निमा’बिचको मित्रतता आत्मियता र साथीत्वको महान सम्बन्ध कसरी प्रेमा सम्बन्धमा परीणत हुन पुग्छ रु भन्ने कुरा यो चलचित्रले देखाउन खोजिएको छ । दि पाल्म ग्रुप प्रा। ली। को ब्यानरमा निर्मित चलचित्र सायाबुङ्गमा सफेद चरण अर्थात ह्वाईट फेस, को पनि सहकार्यतासँगै महत्वपूर्ण भूमिका रहेको निर्मात्री साया राईले बताइन् ।

साथै यो सफेद चरण संस्थासँग हातेमालो गर्दै स्वास्थ्य क्षेत्रमा थुप्रै सामाजिक कार्य समेत गर्दै आएको राईले खुलाइन् । सबैको साथ सहयोग र दर्शकको मायाले गर्दा नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान गरेकोमा साह्रै खुशी लागेको राईले बताइन् । यो चलचित्रमा सौजन सुब्बा,साया राई,सगुन सुसारा, निशा राई र राहुल बोगि राई लगायतका कलाकारको मुख्य अभिनय रहेकोछ।

चलचित्रमा गायक दीपक लिम्बु, गायिका रजिना रिमाल, दिपा लामा र उदय नेम्बाङ्गको स्वर रहेकोछ भने,भागीराज राई र उदय नेम्बाङ्गको शब्द रहेको छ । भक्त्त सुनुवार र उदय नेम्बाङ्गको सङ्गित रहेकोछ।

धनु ज्ञाङ्मि मगरको पार्श्व संगीत,देवजङ्ग थापाको छायाङ्कन र् शौखिन तिम्लसिनाको सम्पादन रहेको चलचित्र सायाबुङ्लाई नेपाल सरकार केन्द्रीय चलचित्र जांचपास समितिले सबैवर्गको र्दशकहरुले हेर्न मिल्ने भएकाले युनीर्भसल सर्टिफिकेट प्रदान गरिएको बाताएकोछ । यो चलचित्रलाई पाँचथर जिल्लाको बिभिन्न रमणिय स्थल् तथा भारत ईन्डियाको भिविन्न ठाउँहरुमा छायाङ्कन गरियको छ ।

प्रतिक्रिया दिनुहोस्