Logo

तस्बिरमा शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा


कलाखवर सम्वाददाता, मङ्सिर १- मिस नेपाल २०१८ को उपाधि जितेकी शृङ्खला खतिवडा यति बेला मिस वलर्ड २०१८ को प्रतिस्पर्धाको लागी चीनमा छिन् । मिस नेपालको उपाधि जिते सँगै शृङ्खलाको चर्चा चुलिएको थियो । शृङ्खला मिस वलर््डमा सहभागी हुन केही दिन अगाडी चिन हानिएकी हुन् ।

चीनमा शृङ्खलाको प्रतिस्पर्धा सय भन्दा बढी देशका सुन्दरीहरूसँग हुनेछ । २०१३ मा पूर्व मिस नेपाल इसानी श्रेष्ठ मिस वल्र्डमा टप टेन स्थानमा पुगेकी थिइन् भने उनले ब्युटी विथ अ प्रपोजको टाइटल हात पारेकी थिइन् । त्यस यता मिस वल्र्डमा नेपालले कुनै पनि बिधाको उपाधि हात पार्न सकेको छैन ।

यसपटक श्रृंखलालाई कडा प्रतिस्पर्धीको रुपमा उभाइएको छ । सामाजिक सञ्जालमा शृङ्खलाको फ्यान फलोइङ लोभलाग्दो छ । मिस वल्र्डको यात्रामा श्रृंखलालाई भोटको माध्यमबाट पनि साथ दिन सकिन्छ । जसबाट उनी सजिलै टप टेनमा पुग्न सक्छिन् । उनलाई भोट गर्न मबस्टार एप डाउनलोड गर्ने, सर्च बक्समा गएर शृङ्खला सर्चगर्ने र निलो रंगको आइकनमा टिक गरेर फलो गर्ने त्यसपछी उनको प्रोफाइलमा भएको फोटो भिडियो लाइक, सेयर गरेर साथ दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्