Logo

डिपास इन्टरनेशलद्वारा मिस र मिस्टर शेर्पा प्रतियोगीता आयोजना गर्ने घोषणा, डिसेम्बर पहिलो साताबाट अडिसनको तयारी


कलाखबर संवाददाता,१४,मंसीर–काठमाण्डौं । डिपास इन्टरनेशलले मिस र मिस्टर शेर्पा प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफनो व्यानर सार्बजनिक गर्दै मिस र मिस्टर शेर्पा प्रतियोगीता गर्ने घोषणा डिपासले गरेको हो । गत वर्षदेखि यो कार्यक्रम गर्दै आएकोमा मिस्टर शेर्पा प्रतियोता भने नेपालकै पहिलो प्रतियोता रहेको डिपासकी कार्यकारी प्रमुख छेल्यहामु शेर्पाले बताइन् ।

शेर्पा समुदायभित्र खुम्चेर रहेका प्रतिभालाई बाहिर प्रकाशमा ल्याउनका लागी यो कार्यक्रमको आयोजना गर्न लागीएको उहाँले बताउनु भयो । जसका लागी आवेदन फारम समेत खुल्ला गरि सकेको उहाँले जानकारी गराइन् । कार्यक्रममा गत बर्ष मिस शेर्पाको उपाधी जित्न सफल तथा सहभागी प्रतियोहरु सबैलाई डिपासले मायाको चिनो, प्रमाणपत्र सहित सम्मानका साथ बिधाई समेत गरिएका थिए ।

मिस शेर्पाको नयाँ संस्करण र मिस्टर शेर्पाको पहिलो प्रतियोगिताका लागि डिसेम्बर पहिलो साताबाट सुरु भएर फाइनल पुस १५ गते काठमाडौंमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अडिसन भने डिसेम्बर पहिलो साताबाट सुरु हुने भएको छ । शेर्पा समुदाय भित्रका युवा युवतीले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।

उक्त प्रतियोगितामा सहभागीता जनाउनका लागी एसइईमाथि अध्ययन गरेका १६ वर्ष भन्दा माथीका नेपाली नागरिक र अविवाहित युवा युवाती हुनु पर्ने डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङ छेल्हमुले जानकारी दिनुभयो । प्रतियोगिताबाट मिस र मिस्टर बन्नेले नगद र मेडल लगायतका पुरस्कार पाउनेछन् ।

तर पुरस्कारको राशी भने उल्लेख गरिएको छैन । विगत ७ वर्ष पहिले सुरु भएको मिस शेर्पा प्राविधिक कारणले रोकिएकाले डिपासले गत वर्षदेखि पुनह सुरु गरेको हो । प्रमुख अतिथि तथा प्रतिनिधि सभाका संसाद जिप छिरिङ शेर्पाले मन्तब्य राख्दै शेर्पाहरुको कला सँस्कृति संरक्षण तथा प्रवर्धनका लागी यस्ता स्वगत योग्य कार्य गर्दै आएकोमा आयोजकलाई धन्यबाद तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै ङिममममावमीमपावपामी शेर्पाले हरेक कार्यक्रममा आफ्नो मातृ भाषाको प्रयोग गर्नुपर्ने धारणा राख्नु भयो । साथै हरेक कार्यक्रममा जादा पहिलाहरुले आफ्नो पोषाकको प्रयोग गरेको र शेर्पा पुरुषहरुले भने त्यसलाई वेवास्ता गरिएको आरोप लगाउनु भयो । अन्य कार्यक्रममा जादा समेत गुन्यू चोलीलाई फालेर आफ्नै पोषाकको प्रयोग गर्नु पर्ने बताउनु भयो ।

 

उहाँको यो भनाईलाई आधार मान्ने हो भने, अरु समुदाय धर्म संस्कृति र पहिरणको उपबहास गरिएको जस्तो देखिन्छ । शेर्पा जातीहरु पेशाले पर्यटन व्यावसाय भए पनि परिवर्तशील समयको माग अनुसार चल्नु पर्ने नेता आङकाजी शेर्पाले बताउनु भयो । आफ्नो मौलिक कला संस्कृति बचाउ तथा अभियानका लागी शेर्पाहरु एक भएर लाग्नु पर्ने उहाँको भनाई थियो । भाषा नजान्नेलाई प्रशिक्षण दिनु पर्ने र त्यसमा आफुले पनि सक्ने सहयोग गर्ने बताउन भयो ।

प्रतिक्रिया दिनुहोस्