Logo

निर्मला पन्तको भलात्कारी हत्यारा सार्बजनिक गर्ने माग गर्दै सरकार विरुद्ध नारा जुलुस


कलाखबर संवाददाता, १७,मंसीर–काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी विप्लवको समुहले निर्मला पन्तको भलत्कारी तथा हत्यारा सार्बजनिक गर्ने माग सहित आईतबार नराजुलुस गरेको छ । माईती घर मण्डलाबाट आएको सो जुलुस शान्तिबाटीका रत्नपार्कमा कोण सभामा परिणत भएको थियो । उक्त सभालाइै सम्बोधन गर्दै नेकपाका कार्यकर्ताहरुले वर्तमान सरकारको चर्को आलोचना गरेका छन् ।

आक्रोशित कार्यकताहरुले आफ्नो धर्म तथा नागरिकको अपमान गर्दै अहिले केपी ओली सरकारले अरुको धर्म बचाउ र प्रचार गर्दै रात्री तथा दिवा भोज गरिरहेको आरोप समेत लगाए । यसरी भलत्कारी जस्ता अपराधीलाई लुकाएर राखेमा आफ्नो पार्टी दह्रो रुपमा उभिएर जसरी भए पत्ता लगाएर छाड्ने चेतावनी दिएका छन् ।

पनि अपराधीलाई नेकपाका महिला नेतृहरुले पहिला आफुहरुसँग बन्दुक भएको र अहिले सबै सरकारले खोसिएकोले महिला माथी बढी भलत्कार भएको बताएका छन् । कञ्चनपूरमा भएको निर्मला पन्तको भलत्कारी सरकारले नै संरक्षण गरेको उनीहरुको आरोप थियो ।

अब यसको विरुद्धमा आफ्नो पार्टी लागी पर्ने समेत उनीहरु प्रतिवद्धता जनाएका थिए । घटना भएको करिब ५ महिना सम्म भई सक्दा पनि यसको वास्तविकता बाहिर ल्याउन नसकनु र दोषीलाई आवश्यक कारबाही गर्न नसक्नु सरकारको लाचारीपन भएको उनीहरुले बताएका थिए । वृहत नारा जुलुसका भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्