Logo

किराँत समुदायकै पहिलो महिला पाईलट साहारा राई, सृष्टिले नेपालगञ्जबाट पहिलो उडान सुरु गरिन


कलाखबर संवाददाता, १९, मंसिर–काठमाण्डौं । किराँत समुदायकै पहिलो महिला पाइलट साहारा चाम्लिङ राई ले भैरहवाबाट पहिलो उडान भरेकी छन् । राईले मंगलबारदेखि यति एयरलायन्सको जहाज उडाएर व्यवसायिक उडान सुरु गरेकी हुन् । उनी किराँत समुदाय भित्रको पहिलो सफल महिला पाईलट हुन् ।

पाइलट राईले नेपालगञ्ज(भैरहवा पहिलो उडान गरेकी छन् । उनले नेपालगञ्ज(भैरहवा दुई सिफ्ट उडान गरेकी छिन् । उनी उदयपुर जिल्लाको लिम्चुम्बुङ गाउँपालिका–४ बलम्तामा जन्मेकी हुन् । हाल राजधानी मैतीदेवीमा बस्दै आएकी राईले फिलिपिन्सबाट तीन वर्षे पाइलट कोर्ष लिएकी हुन् ।उनी समाजसेवी गेन राईकी छोरी हुन् ।

गेन राई किरात राई यायोक्खाका उपाध्यक्ष समेत हुन् । सामाजिक कार्यमा क्रियाशील रहँदै आएका राईले आफ्नो छोरीको सपना पुरा भएकोमा खुसी व्यक्त गरेका छन् । किराँत यायोक्खाले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा पाईलट राईलाई सम्मान समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्