Logo

गायीका विनिता राई र मनिष लिम्बुको संयुक्त आवाजमा नयाँ गीत रेकर्ड


 

कलाखबर संवाददाता, २८, मंसिर–काठमाण्डौं । गायीका बिनिता राई र पछिल्लो समय मिडियामा चर्चा कमाउन सफल वाल गायक मनिष लिम्बुको संयुक्त स्वरमा नयाँ रोचक गीत रेकर्ड गरिएको छ । हाल कोरियामा अवस्थित रजिन बाबु राईको शब्द रहेको सो गीतलाई कुसल गायक सुहाङ लिम्बुले संगीत गरेका हुन् । असनैको बजारमा सिठी मार्यो कल्ले ………बोलको गीत गत बिहिबार सातदोबाटो स्थित जे.एम. सी. स्टुडियोमा रेकर्ड गरिएको हो ।

निकै रोचक शब्द र संगीत रहेको गीतलाई चाडै नै बजारमा आउने गायीका बिनिता राईले बताईन् । मनिषको स्वर पनि राम्रो भएको र उसलाई सुहाउदो शब्द पनि चयन भएकोले शब्द रचकार रजिन बाबु राईले मनिष लिम्बुलाई नै गीत गाउने अवसर दिएको गायीका बिनिता राईको भनाई थियो । करिब तीन दर्जन भन्दा पनि बढी गीत गाइसकेकी गायीका राईले पहिलो चोटी वाल गायक मनिषसँग संयुक्त रुपमा गीत गाउन पाउदा निकै खुशी लागेको बताइन् ।

संगीत पनि राम्रो भएकोले यो गीतले बजार पनि राम्रो पाउनेमा विश्वस्त भएको उहाको भनाई थियो । सुहाङ लिम्बु साह्रै राम्रो संगीतकार भएको र उहासँग काम गर्न पनि एकदमै सहज भएको गायीका राईले कलाखबरलाई बताईन् ।

यसका लागी हाल कोरियामा रहनु भएका रजिन बाबु श्यामलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु । संगीत पनि एकदमै राम्रो र रोचक छ । हामीलाई सुहाउदो सुहाङ लिम्बु भाईले संगीत गरिदिनु भएको छ । त्यसका लागी उहाँलाई पनि धेरै धेरै धन्यबाद । यो गीत चाँडै नै बजारमा आउदै छ , यो गीतले राम्रो बजार पाउनेमा विश्वस्त छु, गायीका राईले भन्नु भयो ।

सुहाङ दाई नभेटाएको भए म गाँउमा नै हुन्थे होला, यसरी गीत गाउदै राजधानी घुम्ने मेरो रहर सपनामै सीमित हुन्थ्यो होला, मनिष लिम्बुले भन्नु भयो । जुन आज वाल गायक मनिष लिम्बु बनेर संसारमा मलाई चिनाउने सुहाङ दाईको ठूलो हात रहेको । दाईको गुण म कहिले पनि बिर्सिन सक्दिन भन्नु भयो । अरु कलाकारहरु हुँदाहुदै पनि आफूलाई यो गीत गाउने सुनौलो आवसर दिएकोमा बिनिता राई पनि धेरै धन्यबाद दिन चाहेको बताउनु मनिषले बताउनु भयो ।

चर्चित गायीका बिनिता राईसँग पहिलो चोटी काम गर्ने अवसर पाएकोमा निकै खुशी लागेको संगीतकर्मी सुहाङ लिम्बुले बताउनु भयो । यो गीतको शब्द आफूलाई पनि राम्रो लागेको र मन परेकोले मिहेनतका साथ संगीत भरेको उहाँले बताए । त्यसका लागी शब्द तथा रचनाकार रजिन सरलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु लिम्बुले भन्नु भयो ।

आफूले कुनै एउटा गाँउमा मनिषलाई पहिलो चोटी भेटेको र उनको प्रतिभा देखेर केही अवसर दिए केही गर्छ भन्ने हेतुले राजधानी ल्याएको उहाँले बताउनु भयो । हाल मनिषको प्रगति दिनदिनै राम्रो भई रहेको पनि उहाँले बताउनु भयो । आफूले हुर्काउदै गरेको आफ्नो विरुवालाई यसरी सबैले माया गर्दै गीत गाउने अवसर दिनु हुने सबै महानुभावहरुलाई हृदयदेखि नै धन्यबाद दिन चाहान्छु भन्नु भयो ।

सहयोग पनि रामै जुटीरहेको छ , यसरी आगामी दिनमा पनि निरन्तर सहयोगी हातहरु निस्कदै गएमा भविष्यमा मनिषको एउटा राम्रो घर बनाई दिने चाहाना रहेको सुहाङले बताउनु भयो । बाँकी प्रशंग भिडियोमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्