Logo

छैठौ लोक दोहोरी अवार्ड २०७५ किन भन्यो त बिबादमा ?


कलाखबर संवाददाता,३,पुष–काठमाण्डौ ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले प्रत्येक बर्ष राष्ट्रिय लोक दोहोरी अवार्ड प्रतियोगिता सम्पन्न गर्दै आईरहेको छ । यस बर्षको राष्ट्रिय लोक दोहोरी अवार्ड भने गत बर्षको दाजोमा केही फितलो भएको महशुष गरिएको छ । शिब हमालले आफ्नो कार्यकालमा अवार्ड कार्यक्रम सञ्चालन गर्दा कुनै सफल नपाएको र कसैलाई पनि चित्त बुझाउन नसकिएको आरोप लगाईएको छ ।

यो लोक दोहोरी अवार्ड को सुरुवात पनि शिब हमालले नै गरेका हुन् । तर यो वर्ष पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अवार्ड पनि सबैले फितलो भएको महसुस गरेका छन् । १२ः१५ बजे कार्यक्रम सुरु गरि दिउसो ठीक एक बजे टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्ने भनिएको कार्यक्रम करिब ३ः३० बजे मात्र सुरु भएपछि नै सबैमा संका उत्पन्न भएको थियो ।

सो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण सुरु हुने भनिएपनि १ बजे देखी ३ बजे सम्म हलको पर्दा खोलिएको थिएन । यो सालको अवार्ड कार्यक्रममा पत्रकारहरुलाई अपमान पनि भएको अनलाइन पाना डट.कमले जनाएको छ । आयोजकले पत्रकारलाई सम्मान गर्ने बाचाका साथ मिडिया पार्टनर र स्क्रोलमा नाम समेत बगाईएको तर बोलीमा नै सिमित गर्दै व्यवहारमा नउतारेको अनलाईन पानाको आरोप छ ।

अर्को कुरा सुन्दा कतिपयलाई अचम्म पनि लाग्न सक्छ । उपत्यका समन्वय समितीले लोक पत्रकारिता पुरस्कार कस्लाई दिने भन्ने जिम्माको निर्णय गर्न र सिफारिस गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपाललाई जिम्मा दिएको थियो । त्यसको सम्पूर्ण काम लोक सञ्चारकर्मी नेपालले सुदर्शन आचार्यलाई सिफारिस गरेको थियो । तर लोक सञ्चारकर्मी नेपालबाट सिफारिस भएको ब्यक्तीलाई लोक पत्रकारिता पुरस्कार प्रदान नगरी नरहरी न्यौपानेलाई प्रदान गरियो ।

त्यो सबैआयोजक तथा केन्द्रिय अध्यक्ष बद्रि पंगेनी, उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटा लगायत केही ब्यक्तीको मनोमानीमा चलखेल भएको लोक सञ्चारकर्मी को आरोप छ । आफ्नै मनोमानी गर्ने भए आखिर लोक पत्रकारिता पुरस्कारका लागि अनि अफिसयिल मिडिया पार्टनरको रुपमा किन जिम्मा दिने ? यो आयोजक पक्ष कै ठुलो कमजोरी र लापरबाही हो । अवार्ड कार्यक्रममा कतिपय अवार्ड पाउने ब्यक्तीहरु अवार्ड लिन समेत गएनन् ।

 

प्रतिक्रिया दिनुहोस्